spot_img
spot_img
spot_img

कोप–२८ मा ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह

spot_img

एजेन्सी ।

दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि जुन जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप–२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका प्रमुख सिमोन स्टिलले हरितगृह ग्याँस उत्सर्जन कम गर्न र कम विकसित देशहरूको असरलाई सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, “पहिलो, अनावश्यक रणनीतिक अवरोधलाई हटाउनुहोस् ।” “एकताका लागि समस्या बनेको ‘अनावश्यक रणनीतिक अवरोध’ लाई दिमाखबाट नहटाएसम्म यसले सबै सम्भावनालाई प्रभावित गर्छ,” उनले भने ।

विश्वव्यापी तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसभन्दा माथि नराख्ने लक्ष्यलाई कायम राख्ने उपाय खोजेकाले महत्वाकाङ्क्षी रहन उनले आग्रह गरे । साउदी अरबको नेतृत्वमा तेल उत्पादकहरूले कडा प्रतिरोध गरेका कारण जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने आह्वानमा वार्ता तीव्र भएको छ, जुन पृथ्वीको बिग्रँदो सङ्कटको प्रमुख दोषी हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img