spot_img
spot_img
spot_img

गाजामा युद्ध सुरु भएयता बाइडेनद्वारा पहिलो पटक आलोचना

spot_img

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गर्नुभएको हो ।

मङ्गलबार दाताहरुसंग सहयोग संकलन कार्यक्रममा बाइडनले गरेको टिप्पणी हालसम्मकै कडा हो । इजरायललाई अमेरिकाको साथै युरोप र अन्य मुलुकको पनि समर्थन रहेको तर पछिल्ला अन्धाधुन्ध आक्रमणका कारण भने समर्थन गुमाउँदै गएको बाइडनले उल्लेख गर्नुभयो ।

इजरायलको सैन्य अभियानमा लगाम लगाउन बाइडेनलाई आफ्नै डेमोक्रेटिक पार्टी भित्रबाट दबाब बढ्दो छ । हालै मात्र पनि वाशिंगटनले इजरायललाई आक्रमणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सचेत गराएको थियो । इजरायली आक्रमणमा हालसम्म गाजामा १८ हजार ४ सय बढी प्यालेस्यायनीले ज्यान गुमाइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको दाबी छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img