काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन । अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर उनी शुक्रबार रिहा भएका हुन । उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन ।
धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई सम्पति शुद्धिकरण विभाग लगिएको थियो । विभागमा पनि उनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएकोमा अख्तियारले खाँडलाई साधारण तारेखमा छाडेको थियो । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।