spot_img
spot_img
spot_img

देवदह लायन्स आँखा उपचार केन्द्र : ५ महिनामा ५ सय बढिले पाए सेवा

spot_img

देवदह । देवदह लायन्स आखा उपचार केन्द्रले ५ महिनाको अवधिमा ५ सय ४ जनालाई सेवा प्रदान गरेको छ । देवदह लायन्स आखा उपचार केन्दले हप्ताको २ दिन अस्पताल संचालन गर्ने र हरेक दिन करिव १५ जनालाई सेवा दिदै आईरहेको छ ।

लायन्स क्लव अफ देवदहको व्यवस्थापन, बुटवल लायन्स आखा अस्पतालको सहयोग र नेपाल नेत्र ज्योति संघ लुम्विनी नेत्र विज्ञान अध्ययन संस्थाको प्राविधिक सहयोगमा देवदह लायन्स आखा उपचार केन्द संचालनमा आएको हो । देवदह लायन्स आखा उपचार केन्दले देवदह क्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा आखा परिक्षण शिविर संचालन गर्दै आईरहेको छ ।

देवदहमा लायन्स आखा उपचार केन्द संचालन संगै स्थानीयवासीलाई वाहिर गएर आखा परिक्षण गर्ने वाध्यता हटेको छ । स्थानीय स्तरमै आखाको उपचार पाएपछि बाहिर गएर मंहगोमा उपचार गर्न वाध्य भएका नागरिकलाई सहज भएको लायन्स क्लव अफ देवदहका पुर्वअध्यक्ष विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनु भयो । विगत ५ महिनामा देवदह लायन्स आखा उपचार केन्दले विद्यालय स्तरमा संचालन गरेको आखा परिक्षण शिविरमा २ हजार ६ सय ३५ जनाको आखा परिक्षण गरिएको नेत्र सहायक ओमप्रकाश आरखले जानकारी दिनु भयो ।
देवदह लायन्स आखा उपचार केन्दले विद्यालयमा मात्र नभई देवदह क्षेत्रमा हुने विभिन्न कार्यक्रममा समेत आखा परिक्षण शिविर संचालन गर्दै आईरहेको छ । देवदह लायन्स आखा उपचार केन्दले विभिन्न कार्यक्रममा गरिएको आखा परिक्षण शिविरमा एक हजार २५ जनाले सेवा लिएको पुर्वअध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दले विद्यालय स्तरमा गरिएको शिविरमा १ सय ६७ जनामा समस्या देखिएको नेत्र सहायक आरखले जानकारी दिनु भयो । यसैगरी अभियान अन्तर्गत ४७ जनामा मोतियाविन्दु भेटिएको र उनीहरुलाई बुटवल लायन्स आखा अस्पतालमा अप्रेसनको लागि सिफारिस गरिएको उहाले जानकारी दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दले प्रविधिको अभावका कारण भने जस्तो नागरिकलाई सेवा दिन नसकेको आरखले बताउनु भयो ।

लायन्स क्लव अफ देवदहद्धारा संचालित देवदह लायन्स आखा उपचार केन्दमा राज्यले लगानी गर्न नसकेको पुर्वअध्यक्ष ज्ञवालीले बताउनु भयो । स्थानीय तहले देवदह लायन्स आखा उपचार केन्दमा एक जना कर्मचारीको व्यवस्था गरिदिए देवदह क्षेत्रका ८० प्रतिशत नागरिकलाई सेवा प्रवाह गर्न सकिनेमा जोड दिनु भयो । देवदह लायन्स आखा उपचार केन्दमा आखाको प्रेसर परिक्षण मेसिन, चश्माको पावर परिक्षण मेसिन आवश्यक रहेको आरखले बताउनु भयो । देवदह लायन्स आखा उपचार केन्दमा आखाको उपचार हुन्छ भन्ने कुरा स्थानीय तहले आमनागरिकले जानकारी दिन आवश्यक रहेको पुर्वअध्यक्ष ज्ञवालीले बताउनु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img