काठमाडौं ।
एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।
बंगलादेश सेमिफाइनल खेलमा भारतलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएईका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??