spot_img
spot_img
spot_img

अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न नसक्ने पूर्वअर्थमन्त्री पौडेलको दाबी

spot_img

बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न नसक्ने दाबी गर्नुभएकाे छ । रुपन्देही व्यापार संघले आयोजनामा गरेको लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला लाइ बिहीबार उद्घाटन गर्दै उहाँले मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयाे ।

सरकारको अस्तव्यस्तताले मुलुकको पूँजीगत खर्च लथालिङ्ग भएको र राष्ट्रिय गौरवका आयोजना अगाडि बढ्न नसकेको उहाँको भनाइ थियो ।

यस्तै पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भैरहेको ढिलाइप्रति आपत्ति समेत जनाउनुभयाे । विमानस्थल चलाउन नसक्ने सरकारले अरु केही गर्न नसक्ने उहाँको भनाइ थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img