spot_img
spot_img
spot_img

२०८० पौष ०७ गते शनिबारको राशिफल

spot_img

मेष: सृजनात्मक काममा मन जाने छ । जोश जागर बढ्ने हुदा धेरै कामहरु सफल हुनेछन् । सामाजिक सम्बन्धमा सुधार हुनेछ । औजार वा सवारी साधनको काममा समय खर्चिन पर्ने हुनसक्छ।

बृष: अनावश्यक यात्रा हुदा शरिर अस्वथ्य रहन सक्छ । सामान्य चोटपटकको भय देखिन्छ यात्रामा विशेष सावधानी अपनाउँनु होला । शत्रुपक्ष बलियो हुदा कानुनी समया पनि आउँन सक्छ बोलीमा एकदम होस गर्नुहोला ।

मिथुन : घरमा नयाँ सवारी साधन भित्रिने समय रहेको छ । नसोचेको ठाँउबाट धन लाभ हुनेछ । मित्रजनको सहयोगले मन प्रशन्न रहनेछ । कसैलाई दिएको पैसा फिर्ता लिने राम्रो समय रहेको छ।

कर्कट : राजनीतिसँग सम्बन्धित कार्यबाट फाईदा मिल्नेछ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ । तपाईको कामले अरुको मन जित्ने छ । प्रेम सम्बन्धका लागि समय शुभ देखिन्छ ।

सिंह : समय अनुकुल रहेको छ । भाग्यले साथ दिने हुँदा आटेको गरेको काममा सफलता मिल्नेछ । वैंदेशिक क्षेत्रसँग सम्बन्धित काम गर्नका लागि दिन शुभ रहेको छ । धार्मिक क्षेत्रको यात्रा गर्नका लागि राम्रो अवसर जुर्नेछ ।

कन्या : समयमा सोचेको काम पुरा नहुदा मन वेचैन रहने छ । स्वास्थ्यमा भएको समया बढ्न सक्छ खानपानमा बिशेष सावधानी अपनाउँनु होला । बोलिको प्रभाव शुभ हुदाँ सम्बन्धको लागि राम्रो समय छ ।

तुला : वैवाहिक सम्बन्धमा सुमधुरता छाउँनेछ । पाटर्नरशिपमा गरिएको व्यापारमा वृद्धि हुदै जानेछ । सोचेका कुराहरु पुरा हुँदा मन प्रशन्न रहने छ ।लामो समय देखीका समस्या र बिबादको अन्त्य हुनेछ।

बृश्चिक : प्रतिस्पर्धामा सहभागी हुदा राम्रो नतिजा आउँने छ । नयाँ रोजगारीको लागि योजना बनाएर अगाडी बढ्नका लागि दिन शुभ छ । जग्गाका बिबाद वा लामो समय देखि अड्किएको धन निकासा हुने योग बनेको छ ।

धनु : वौद्धिक क्षेत्रमा राम्रो विकास हुँदा तार्किक शक्ति बढ्ने छ । नयाँ कुराको अध्ययनमा समय बित्ने छ । प्रेम सम्बधमा अगाडी बढ्नका लागि समय शुभ रहेको छ । ज्ञान तथा क्षमता को कारण सम्मानित हुईनेछ।

मकर: पारिवारिक सम्बन्धमा समस्याहरु बढ्दै जानेछन् । आमासँगको सम्बन्धमा केही समस्या आउँन सक्छ । साथीभाई सल्लाहका अगाडी बढ्दा अनावश्यक काममा समय बर्वाद हुनसक्छ ।

कुम्भ : विदेशी मित्रसँग भेटघाट गर्नका लागि राम्रो समय जुर्नेछ । शारिरिक परिश्रमबाट हुने काममा छिट्टो सफलता मिल्नेछ । दाजुभाईको सहयोग मिल्नाले ठूलो समस्या हल हुनेछ ।

मीन : बोलिको प्रभाव बढ्दा लामो समयदेखि बिग्रिएको सम्बन्धमा पनि सुधार आउँनेछ । आफन्तजनसँग भेटघाट हुने र मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आर्थिक समस्याको समाधान हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img