बुटवल ।
नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिने भएको छ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउनको लागी दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक गाडी पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान दश बजेर ४० मिनेटसम्म चलाउन पाइने छ । त्यस्तै, मालवाहक गाडी भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान साढे १० बजेसम्म मात्र चलाउन पाइनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??