बुटवल ।
नेकपा एमाले उपाध्यक्ष एंव पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान मावि शैक्षिक सफलताबाट देशकै उचाईमा पुगेको भन्दै शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताउनु भएकाे छ ।
बुटवलमा रहेकाे कालिका मानव ज्ञान माबिको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको शनिबार उदघाटन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । ‘कालिका शैक्षिक सफलताबाट देशमा नै उचाईमा पुगेको छ’-उहाँले भन्नेुभयाे । संख्यात्मक र गुणात्मक दुबैमा विद्यालयले फड्को मार्न सफल भएको उहाँकाे दाबी थियाे ।
विद्यालयमा भर्नामा आकर्षण हेर्दा यहाँको क्षमता थेग्न नसकेको अवस्था छ । आगामी भौतिक र दक्ष ब्यवस्थापन अघि बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे । विगतका यात्रालाई सम्झने र नयाँ बाटो कोर्ने पाटाका रुपमा वार्षिकोत्सव दिवस हुने गरेको उहाँले बताउनुभयाे ।
कालिका मावि २०७१ सालदेखि प्राविधिक विषयमा नेपाल प्रथम हासिल गरेको हँुदा यो गुम्न नदिने चुनौती सधैभरि रहने बताउदै सधैभरि प्रथम हुने गरी अठोटमा विद्यालय परिवार लाग्नुपर्ने उहाँकाे सुझाव थियाे ।
विद्यालय परिसरमा राखिएको विद्यार्थीहरुमा अनुसन्धानको क्षेत्रमा निक्कै उत्कृष्ट रहेको उहाँले बताउनुभयाे । विधागत रुपमा उचाईमा पुग्न सक्ने सम्भावना रहेको पौडेलले बताउनुभयाे । विद्यालयलाई आवश्यक सहयोगमा स्थानीय पालिकाबाट समेत निरन्तर सहयोग गर्न उहाँले आग्रह गर्नुभयाे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि, मध्यपश्चिम पृतनाका पृतनापति उपरथि यमप्रसाद ढकाल, बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन, पुर्वअध्यक्ष होम बहादुर गलामी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख माधव प्रसाद बन्जाडे, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वस्थ्य शाखाका अधिकृत कोपिला ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अन्य सामुदायिक विद्यालय पनि कालिकाको विकासलाई अनुसरण गरेर अघि बढ्नुपर्ने बताउनु भएकाे थियाे ।