बुटवल ।
पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका २ सर्देवामा रहेको सिजी सिमेन्ट उद्योग स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन ।
उद्योगमा तालाबन्दी गरेपछि निर्माणका काम ठप्प भएको छ । पटक पटक अनुरोध गर्दा समेत आफ्ना मागहरू पूरा नगरेको भन्दै शनिबार स्थानीय बासिन्दाले सिजी सिमेन्ट उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन ।
स्थानीय बासिन्दाले अत्याधिक धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय बिजय ज्ञवालीले जानकारी दिनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दान बहादुर पौडेल स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिहरु बिच छलफल भइरहे पनि सहमती हुन नसक्दा स्थानीय युवाहरुले कार्यालयमा ताला लगाएकाे बताउनुभएकाे छ।
कम्पनीका प्रतिनिधि पदम बहादुर सिंहले सोमादीको सर्देवामा सिजि सिमेन्ट उद्योगले झण्डै ५ सय रोपनी जग्गा खरिद गरेर काम गरेको बताउदै कम्पनी अहीले सूरुवाती चरणमा भएको हुदा केही समस्या भएको र चाडै यस बिषयमा प्राबिधिकहरुको टोली लिएर समस्या हल गर्ने बताउनुभयो ।