spot_img
spot_img
spot_img

ब्राजिललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाउने फिफाको चेतावनी

spot_img

एजेन्सी ।

विश्व फुटबल महासंघ (फिफा) ले ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । फिफाले ब्राजिललाई निकट भविष्यमा आयोजना हुने कोपा अमेरिका फुटबल र आगामी विश्वकप फुटबल समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

ब्राजिलियन फुटबल समर्थकका लागि यो ज्यादै निराशाजनक समाचार हो । ब्राजिलियन फुटबल संघको निर्वाचनको विषयलाई लिएर विवाद सुरु भएपछि फिफाले यस्तो चेतावनी दिएको समाचारमा जनाइएको छ ।

ब्राजिल फुटबल महासंघका वर्तमान अध्यक्ष रोड्रिग्वेज राजनीतिज्ञ पनि हुन् । पछिल्लो समयमा अध्यक्ष रोड्रिग्वेजका गतिविधि र उनले ब्राजिल फुटबल महासंघको निर्देशकसहित विभिन्न पदमा गरेको नियुक्तको व्यापक विरोध हुँदै आएको छ ।

हालै ब्राजिलको रियो अदालतले रोड्रिग्वेज र उनले नियुक्त गरेको निर्देशकहरुलाई पदबाट बर्खास्त गर्ने निर्णय सुनाएको थियो । अदालतको आदेशपछि रोड्रिग्वेजले महासंघको नयाँ निर्वाचन गराउन जोसे पेर्डिजलाई नियुक्त गर्ने प्रयास गरेका थिए ।

रोड्रिग्वेजको उक्त कदमको पनि व्यापक विरोध भएको थियो । ब्राजिल फुटबल महासंघको निर्वाचनका क्रममा कानुन विपरितका गतिविधिहरू भएको आरोप लागेपछि अध्यक्ष रोड्रिग्वेज विवादमा तानिएका हुन् । त्यसैले फिफाले यथाशीघ्र कानुनसम्मत तरिकाले नयाँ निर्वाचन सम्पन्न नगरे ब्राजिल फुटबल महासंघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img