spot_img
spot_img
spot_img

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाई हुदै

spot_img

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइ आज हुन लागेको हो । गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप दोषी ठहर भएमा १० वर्षसम्म जेल सजाय हुन सक्नेछ । काठमाडौं जिल्ला अदालतमा एक वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आएपनि अदालतले निर्णय सुनाउन सकेको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img