बुटवल ।
पर्सा क्रिकेट संघको आयोजनामा वीरगञ्जमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा–११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँगै ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो।
१ सय ४६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्सा–११ ले ११ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनाएको थियो। बलिङतर्फ नेपाल पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए। यसैगरी ललित राजवंशी र रासिद खानले दुई/दुई विकेट लिए भने करण केसी र शेर मल्लले समान एक/एक विकेट लिए। फाइनल खेलमा नेपाल पुलिस क्लबका करण केसी म्यान अफ द म्याच घोषित भए ।
जिल्ला अदालत काठमाण्डाैले बलात्कार आराेपमा सन्दीप लामिछाने दाेषी ठहर गरेपपछि नेपाल प्रो क्लब च्याम्पियनसिपकाे फाइनल खेल खेलेका थिएनन जसकाे कारण पनि नेपाल पुलिस क्लबले फराकिलाे अन्तरले जित निकाल्दै उपाधी प्राप्त गरेकाे छ ।