सर्लाही ।
सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न बोलाईएको सर्वदलीय बैठकमा विवाद भएपछि झडप भएको हो ।
झडपमा प्रहरीहरु सात जना घाइते भएका छन् । आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??