रुपन्देही ।
देवदह-२ स्थित जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको आफ्नै भवनमा संस्थाले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तथा लुम्बिनी विशिष्टिकृत सहकारी संघका लेखा सुपरिवेक्षण सदस्य बोधराज गौडेलले उद्घाटन गर्नुभएको थियो ।
साधारणसभामा संस्थाका पदाधिकारीहरूले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित भएका छन् । प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाले तीन लाख १८ हजार ६०० रुपैया शुद्ध मुनाफा गरेको उल्लेख छ । साधारण सभाले चालु आर्थिक वर्षको लागि एक करोड ३५ लाख ८४ हजार ५६० रूपैयाँको बजेट अनुमोदन गरेको अध्यक्ष जागेश्वर पंगेनीले जानकारी दिए ।
रेनुकला कवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा स्थानिय अगुवा झविन्द्र प्रसाद पाण्डे, तेजलाल डुम्रे, विष्णु पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विक्रम पौडेलले गरेका थिए ।