spot_img
spot_img
spot_img

उडानका क्रममा विमानको हिस्सा अलग भएपछि बोइङ ७३७ म्याक्स ९ लाई उडानमा रोक

spot_img

एजेन्सी ।

अलास्का एयरलाइन्सको विमानको एक हिस्सा उडानको क्रममा अलग भएको घटनापछि अमेरिकी एयरलाइन्सको नियामक संस्था फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले १७१ वटा विमानलाई जाँच अवधिसम्म उडानमा रोक लगाएको छ ।एफएएका अनुसार यो जाँचमा बोइङ ७३७ म्याक्स ९ का १७१ वटा विमानहरु प्रभावित हुनेछन् । युनाइटेड एयरलाइनसले आफ्नो ७९ वटा बोइङ ७३७ म्याक्स ९ विमानमध्ये केहीमा एफएएले जाँच गर्ने तय भएको जानकारी दिएको छ । जाँचका लागि विमान सेवाबाट हटाउँदा करिब ६० वटा उडान रद्द हुने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

यसअघि एफएएले अमेरिकी क्षेत्रमा उडान भर्ने बोइङ ७३७ म्याक्स ९ विमानहरुलाई अस्थायी रुपमा उडानमा रोक लगाउने आदेश जारी गरेको थियो । एफएएका अनुसार जाँचबाट गुज्रने हरेक विमानले लगभग चारदेखि आठ घन्टासम्म लाग्नेछ । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो ।

अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img