बिराटनगर ।
कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको आजमंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुखमा चयन गरेको हो । गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा सभामुख पद रिक्त थियो ।
मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित हुनुभएको हो । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहनु भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??