spot_img
spot_img
spot_img

बलत्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

spot_img

काठमाण्डौ ।

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ ।

२०७९ साल भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img