spot_img
spot_img
spot_img

आज शेयर बजारमा वृद्धि

spot_img

काठमाण्डौ ।

पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले बुधबार आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

बुधबार तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ भने विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा बुधबार सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३२ करोड ७८ लाख ९१ हजार छ सय १३ बराबरको छ लाख ३४ हजार पाँच सय ९३ कित्ता शेयर कारोबार भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img