spot_img
spot_img
spot_img

चन्द्रागिरीमा भएको सवारी दुर्घटनामा मृत्युु हुनेको संख्या ५ पुग्यो

spot_img

काठमाडौं ।

थानकोट-चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

थानकोटदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो काठमाडौं चन्द्रागिरि-४ हिमचुली दुर्घटना भएको हो । गाडी सडकबाट ५ सय मिटर तल खसेको छ ।गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौं ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौं-२ का डा. महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएको जनाईएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img