देवदह ।
सारथी कृषि सहकारी संस्था लिमिटेड , देवदह रुपन्देहीको पाँचौँ वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराज शर्मा चापागाईंको अध्यक्षतामा संचालक समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा जीवकला न्यौपाने, सचिवमा प्रदिप तिवारी, कोषाध्यक्षमा गोपाल पाण्डे रहनु भएको छ । अन्य सदस्यहरुमा शुभचन्द्र भुषाल, गितादेवी पाध्य, सोविता भट्ट, नरेन्द्र जिसी र नारायण प्रसाद रेग्मेव रहनु भएको छ । त्यसैगरी ऋषिराम लामिछानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । जसको सदस्यमा सुजता ढकाल र नारायण भिमकान्त कंडेल रहनु भएको छ ।
बार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले सहकारीहरुले शेयर सदस्यहरुलाई सिप प्रदान गरी व्यवसायीक बनाउन सके मात्र सदस्यहरुको जीवन स्तर वृद्धि हुने बताउनुभयो । उहाले आम नागरिक उत्पादन संग जोडिन नसक्दा समृद्ध तर्फ उन्मुख हुन नसकेको बताउनुभयो ।
सोहि अवसरमा ७० वर्ष कटेका शेयर सदस्यलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा अध्यक्ष चापागाईंले बार्षिक प्रतिवेदन, सचिव प्रदिप तिवारीले प्रगति प्रतिवेदन र लेखा संयोजक ऋषि लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको गत आव मा १ करोड ९६ लाख ७५ हजार ४ सय ७६ रुपैयाको वासलात छ । सो आर्थिक वर्षमा शेयर पुजीँ सहकारीको ९१ लाख ५ हजार , निक्षेप संकलन ८७ लाख ७८ हजार ६०५ रुपैयाँ रहेको छ । २०७५ माघ ९ गते स्थापना भएको यश संस्थामा संख्या ३ सय ८१ जना शेयर सदस्य छन् ।
संस्थाका उपाध्यक्ष जीवकला न्यौपानेको स्वागत र सचिव प्रदिप तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।