काठमाडौं ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले हराएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विभागीय टोली एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको बागमती प्रदेशले भने ४२.५ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रनमात्र बनाउन सक्यो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??