काठमाण्डौ ।
काठमाडौँको भृकुटीमण्डपमा माघ १२ देखी १४ गते सम्म कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी हुने भएकाे छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस साेलुसन प्रा. लि., फिक्चर्रस ट्रेड फेयर एण्ड इभेन्टस प्रा.लि. र प्रर्दशनी तथा ट्रेड सर्भिस इण्डिया प्रा.लि.ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” यही २०८० माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने आयोजकले जनाएकाे छ ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् आयोजकले जानकारी गराएको छ । प्रर्दशनीकाे कृषि तथा पशुपन्छी विकास मन्त्रि श्री बेदुराम भुसालबाट उद्घाटन हुने प्रर्दशनी प्रबद्र्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनि तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि. रहने आयोजकले जनाएकाे छ ।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।
नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीलाइ बिश्वास रहेकाे जनाएकाे छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??