काठमाडौं ।
साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार झण्डै ५५ अङ्कले बढेर आएको छ । बजार परिसूचक नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ को विन्दुमा पुगेको हो ।
मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबारको कारोबार रकम दुई वर्ष यताकै उच्च हो ।
यस दिन नेप्सेका १४ वटै उपसमूहमा हरियाली छाएको छ । वित्त समूह सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले बढेको छ भने लगानी समूह ३ दशमलव ७० प्रतिशतले बढेको छ । आज सोनापुर सिमेन्टको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??