spot_img
spot_img
spot_img

इजरायलबाट रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

spot_img

एजेन्सी ।

इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो । जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिपुर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौती गरिएको छ ।

१५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षा लगायतमा बढी जोड दिइएको छ । यसैबीच युद्ध शुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको संख्या २४ हजार १ सय नाघेको छ । इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशत भन्दा बढी भाग बस्न अयोग्य रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img