बुटवल ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ’ भन्ने मूल नाराका साथ सन्चालित कार्यक्रम माघ ७ गतेसम्म हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले पालिका भित्रका विद्यार्थीहरुलाई शिक्षासंगै खेलकुद क्षेत्रमा अगाडि बढाउने उदेश्यका साथ यस्ता कार्यक्रम सन्चालन गरिएको बताउदै पालिका भित्रका सम्पूर्ण जनताको साझा भएर सर्वपक्षिय विकासमा लाग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि , राजनीतिक दल, कर्मचारी , शिक्षक , विद्यार्थी , सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।