spot_img
spot_img
spot_img

मणिपुरमा फेरि हिंसा चर्कियो

spot_img

एजेन्सी ।

भारतको मणिपुरमा फेरि हिंसा चर्किएको छ । मणिपुरमा बुधबार र बिहीबार भएको हिंसामा परि सुरक्षाकर्मीका कमाण्डरसहित ७ जनाको मृत्यु भएको छ । टेङ्नौपालमा सशस्त्र चरमपन्थी समुहले गरेको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै ६ जना घाइते भएको भारतीयसंचारमाध्यले जनाएका छन् । मणिपुरका सुरक्षा सल्लाहकार कुलदिप सिंहले पत्रकार सम्मेल गदै कुकी उग्रवादीहरुले तीन छुट्टाछुट्टै स्थानमा सुरक्षाकर्मीमाथि आक्रमण गरेको पुष्टि गर्नु भएको हो ।

राज्यका विभिन्न भागमा हिंसात्मक प्रदर्शन जारी रहेको बताइएको छ । विगत आठ महिनादेखि जारी हिंसा रोकिने सङ्केत देखिएको छैन । यसअघि पनि मणिपुर प्रहरीले चरमपन्थीहरूले सुरक्षा बलमाथि आक्रमण गदै आएको जनाएका थिए ।

पछिल्लो समय पनि जनवरी महिनामै मणिपुर राइफल्सका एक जवान, मणिपुर पुलिसको आईआरबी फोर्सका एक जवान र भारतीय रिजर्भ बटालियनका एक जवानसहित तीन सुरक्षाकर्मी मारिएका थिए । घटनापछि न्यायको माग गर्दे ठुलो संख्यामा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img