काठमाडौं ।
नेपाल अपाङ्ग संघले खगेन्द्र नवजिवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्रबहादुर बस्नेतको ९६औं जन्मजयन्ती तथा नवजिवन केन्द्रको ५४औं स्थापना दिवस शुक्रबार मनाएको छ । २०२६ सालमा विधिवत रुपमा नेपाल अपाङ्ग संघको स्थापना भएको थियो ।
नवजिवन केन्द्रले नेपाल अपाङ्ग संघको सकृयता तथा प्रत्यक्ष निगरानीमा नेपालका ७७ जिल्लाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरुलाइ आश्रयको रुपमा स्थान उपलब्ध गराउदै आइरहेको छ । १ सय ३ जना अपाङ्गता भएका ब्यक्तिहरु खगेन्द्र नवजिवन केन्द्रमा आश्रय लिँदै आइरहेका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??