काठमाडौं ।
गुल्मीको रेसुंगा विमानस्थलमा हप्ताको ४ वटा उडान हुने भएको छ । हाल हप्तामा २ वटा मात्र उडान हुँदै आएकोमा आउदो फागुनको पहिलो हप्ताबाट ४ पटक उडान हुने गरि व्यवस्था मिलाइएको हो ।
यो विमानस्थलमा गएको बैशाख २९ गते पहिलो व्यवसायीक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्तामा २ दिन उडान भइरहेको थियो ।
अझै पनि यात्रुको चाप अत्याधिक भएपछि हप्ताको ४ दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन् ।
यसका लागी नेपाल नागरिक उड्यान प्राधिकरण र नेपाल वायु सेवा निगम सँग पुनःसम्झौता गर्ने तयारी गरिएको पन्थीले बताएका छन् ।