spot_img
spot_img
spot_img

उद्योग संघकाे प्लाष्टिक वस्तुगत समिति संयोजकमा तेजनाथ तिमिल्सिना चयन

spot_img

बुटवल ।

रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको भेलाले सोमबार प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा प्रमुख अतिथि दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि पहल गर्न सहज होस् भन्ने हेतुले वस्तुगत समिति गठन गरिएको हुँदा त्यसलाई क्रियाशील बनाउन प्लाष्टिक उद्योगीहरुलाई आग्रह गर्नुभयो । उहाँले संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो ।

भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुका वस्तुगत समस्याहरुको पहिचानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै बस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राख्नुभयो । वहाँले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुको सबन्धमा जानकारी गराउनु भएको थियो ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा कोषाध्यक्ष युवराज आचार्यको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

गठित समितिको सहसंयोजकमा नेशनल पि.भि.सी.बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल, सचिवमा महाकाली प्लाष्टिकका बिनित कसौधन र सदस्यहरुमा सत्यम पोलिमर्सका शिशिर पौडेल, एभरेष्ट एव्रासिभ एण्ड एलाइड इण्डष्ट्रिज (प्रा.) लि.का प्रदिप अधिकारी, इन्द्रेणी प्लाष्टिक उद्योगका धु्रब कोइराला, भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि.का अंमृत भुसाल, पूजा प्लाष्टिक इण्डष्ट्रिजका लोकनाथ भट्टराई, ग्लोबल फ्रेब्रिकेशन इण्डष्ट्रिजका बसन्त घिमिरे, चयन हुनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img