काठमाण्डौ ।
शेयर बजारमा आज पनि गिरावट आएको छ । उतार चढावकाबीच नेप्से १० अंकले घटेर २ हजार ८८ अंकमा बन्द भएको छ । बुधबार ८० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १ सय ५३ कम्पनीको मूल्य घटेको छ ।
बैंकिङ् र म्युचल फण्ड उपसमूह सामान्य अंकले वृद्धि भएका छन् भने बाँकी सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत, लगानी र व्यापार उपसमूह १ प्रतिशतले घटेका छन् । घटेको बजारमा पनि चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??