spot_img
spot_img
spot_img

महामारीसँग जुद्धनका लागि विश्वव्यापी तयारी सम्झौता संकटमा: विश्व स्वास्थ्य संगठन

spot_img

एजेन्सी ।

विश्व स्वास्थ्य संगठनले महामारीसँग जुद्धनका लागि विश्वव्यापी तयारी सम्झौता संकटमा परेको बताएको छ। आपसी टकराव र गलत सूचनाका कारण महामारीसँग जुध्नका लागि तयार गरिएको सम्झौता संकटमा पर्न लागेको उसको भनाइ छ ।

कोरोना महामारीपछि भविष्यमा आउनसक्ने यस्तै महामारी रोकथामका लागि विश्वव्यापी तयारी गर्ने सम्झौता भएको थियो । १९४ सदस्य रहेको डब्लुएचओले महामारीसँग जुध्नका निम्ति सदस्य राष्ट्रहरुले पूर्वाधार तयार गर्नुपर्ने सहितको अन्तर्राष्ट्रिय सम्झौता गर्ने निर्णय लिएको थियो । त्यस सम्झौतालाई सन् २०२४ को २७ मेमा हुन लागिरहेको सभामा अनुमोदन गर्ने तयारी थियो ।

तर त्यससम्बन्धी सम्झौता हाल संकटमा परेको डब्लुएचओका महानिर्देशक टेड्रोस अदानम ग्याब्रेसियसले बताएका छन् । उनको भनाइ उधृत गर्दै द गार्डियनले लेखेको छ, ‘अफवाह र अन्य षड्यन्त्रका कारण यस सम्झौता अलपत्र परिरहेको छ । हामीसँग अब निकै थोरै समय छ तर हामीले सुल्झाउन बाँकी धेरै कुरा रहेका छन् ।’

सम्झौताका विषयमा रहेका असमझदारीहरुलाई हल गर्ने प्रयत्न नगरे सम्पूर्ण मिहेनत नै व्यर्थ हुने उनको भनाइ छ । महामारीसँग जुध्नका लागि विश्वव्यापी तयारीबारेको यस सम्झौता अनुमोदन नभए भावी पुस्तालाई सुरक्षित बनाउने अवस्था नहुने र उनीहरुले यस पुस्तालाई माफी नदिने बताएका छन् ।

यस सम्झौता अनुमोदन भएमा रोगको समयमै पहिचान गरी त्यसको यथासक्य निदानमा सबै राष्ट्रलाज्ञ बाध्य पार्न सकिने डब्लुएचओको भनाइ छ । महामारीको समयमा आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था, उपचार र भ्याक्सिनको सुनिश्चितता लागि यस सम्झौता जरुरी रहेको निर्देशन टेड्रोसले बताएका छन् । ‘यो सम्झौताले हाम्रा भावी पुस्तालाई महामारीबाट जोगाउन सहयोग पुर्‍याउनेछ । हामीले सम्झौता अनुमोदन गर्न असफल भएको खण्डमा भावी पुस्ताले हामीलाई माफी दिनेछैन,’उनले भनेका छन् ।

यस सम्झौताले महामारीको समयमा लकडाउन तथा भ्याक्सिनसम्बन्धी सम्पूर्ण अधिकार डब्लुएचओलाई दिने भनेर दुष्प्रचार गरिएको टेड्रोसले बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img