काठमाण्डौ ।
राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन ।
महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मत पाएर विजयी भएकी हुन । उनलाई प्रदेश सभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ । ढुंगानाले प्रदेश सभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएका छन।
राष्ट्रिय सभामा प्रदेश सभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??