काठमाण्डौ ।
काठमाडौंको नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ । भक्तपुरबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको गुडिरहेको बसको चक्का फसेको हो । बस ढल्किएपछि यात्रुहरु बाहिर निस्किएका थिए ।
झण्डै ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । २०७८ सालमा पनि नयाँबानेश्वर चोकनजिकै सिभिल अस्पताल अगाडि सडक भासिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??