रुपन्देही ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा रहेको चौकी मेउडिहवामा गरेको घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले घरेलु हिंसा र आत्महत्याले परिवारसँगै समाजमा नकारात्मक असर पारेको उल्लेख गरेका हुन ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले प्रत्येक वर्ष आत्महत्याका घटनामा वृद्धि भइरहेको बताउनु भएको छ । उहाँले मानसिक स्वास्थ्यको बारेमा छलफल गर्न जरुरी रहेको बताउनुभयो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी मेउडिहवा र सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।