spot_img
spot_img
spot_img

शितलहर र चिसो अझै केही दिन बढ्ने

spot_img

काठमाडौँ ।

चिसो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै हिउँदे वर्षा नभएकाले पनि यो वर्षको जाडो लम्बिन सक्ने महाशाखाले जनाएको छ । चिसो र शीतलहर बढ्ने भएकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ ।

उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेकाले त्यसको प्रभावले तराईका जिल्लाहरुमा शीतलहर बढेको छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा वायुमण्डलको पारदर्शिता शुन्य हुँदा हवाई उडानसमेत प्रभावित भएको छ । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको बताइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img