काठमाण्डौ ।
शेयर बजारमा सोमबार सामान्य वृद्धि भएको छ । बजार परिसूचक नेप्से सोमबार १० दशमलव २६ अंक बढेर २१ सय ४ दशमलव ७२ को विन्दुमा बन्द भएको हो ।सोमबार ३११ वटा कम्पनीको एक करोड २३ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा किनबेच भएको छ ।
सोमबार यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गरिमा विकास बैंकको ऋणपत्रको मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । सोमबार पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??