काठमाडौँ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबारको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने २५.२ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए । भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।