spot_img
spot_img
spot_img

देवदहका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

spot_img

देवदह ।

रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि २ दिने पुनर्ताजगी तालिम शुरु भएको छ । देवदह नगरपालिकाको न्यायिक समितिको आयोजनामा बुधबारदेखि नगरपालिकाको सभा हलमा तालिम सुरू भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुव प्रसाद खरेलले न्याय निरूपणमा देवदह नगरपालिकाले शत प्रतिशत अंक प्राप्त गरेको बताए । उहाले न्यायिक सम्पादनमा मेलमिलापकर्ताहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाले न्यायिक क्षेत्रको विश्वास गुम्न नदिने गरि कार्य गर्न मेलमिलाप कर्तालाई आग्रह समेत गर्नुभयो। उहाले मेलमिलापको माध्यमबाट गाउँ घरमा आइपर्ने झै झगडा तथा मुद्दा अदालत नगैकन वडा स्तर तथा पालिकामै मिलाउन सहज हुने बताउनुभयो ।

सोहि अवसरमा बोल्दै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदहको न्यायिक समितिले उत्कृष्ट कार्य सम्पादन गरेको दावी गर्नुभयो । साथै यस किसिमको तालिमले मेलमिलापकर्ताहरुलाई थप उर्जा मिल्ने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img