spot_img
spot_img
spot_img

‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ सुरु

spot_img

काठमाण्डौ ।

ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को सुरुवात गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गर्नुभएको हो ।

एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ । यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ। गुनासोहरुलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img