spot_img
spot_img
spot_img

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज

spot_img

एजेन्सी ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको अन्तिम बजेट आज सार्वजनिक हुँदैछ । केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केही लोकप्रिय कार्यक्रमसहित आर्थिक वर्ष २०२४/२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। पूर्ण बजेट भने लोकसभाको चुनावपछि आउने बीबीसी हिन्दिले जनाएको छ ।

अन्तरिम बजेटबाट महँगी नियन्त्रण गर्दै ग्रामिण अर्थव्यवस्थालाई बढावा दिने सरकारको दाबी छ । साथै आयकरमा छुट दिने सरकारी योजना छ । बजेटमा कृषकलाई दिने अनुदान बढाउने तथा भाजपा सरकारको प्रभाव देखाउने केही कार्यक्रमसमेत समेट्न सक्ने आंकलन गरिएको खबरमा उल्लेख छ ।

केन्द्रीय वित्तमन्त्रीले चार महिनाको सरकारी खर्चका लागि बजेट प्रस्तुत गर्ने र बाँकी ८ महिनाको बजेट जुलाईपछि बन्ने नयाँ सरकारले ल्याउने अधिकारीहरुले जनाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img