spot_img
spot_img
spot_img

देवदह महोत्सवमा दुई दर्जनबढी राष्ट्रिय कलाकार आउदै

spot_img

बुटवल ।

रुपन्देहीको देवदहमा संचालन हुन थालेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा कलाकारहरुको उल्लेखनीय सहभागिता रहने भएको छ ।

राष्ट्रिय तथा स्थानीय गरि पचाँस बढी कलाकारहरुले देवदह महोत्सवमा आफ्नो प्रस्तुती देखाउने भएका छन् । देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघ २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय कलाकार मात्र दुई दर्जन आउने भएको संघका साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गायक राजु परियार, आशिष राना लाहुरे, ज्योती राना, प्रकाश दुतराज, एलिना चौहान, टंक तिमिल्सिना, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, बद्रि पंगेनी, इन्द्रेणी समुह, दुर्गेश थापा, शान्ति श्री परियार, शिला आले, रमेश प्रसाई, रमेश राज भट्टराई, पुस्कल शर्मा, पुर्गेङ्ग दोङ, नृत्य बन्दना विश्वकर्मा, आरुसी मगर, नारायणी खत्री लगायतका राष्टिय कलाकारहरुको प्रस्तुती रहने छ । यस्तै उल्लेखनीय रुपमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने संयोजक अर्यालले बताउनुभयो ।

दर्शकको माग अनुसार र चाहना अनुसार महोत्सवमा यतिको संख्यामा कलाकाहरुको सहभागिता गराउन खोजिएको अर्यालले बताउनुभयो । सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत/लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, आईडल, फ्रि-स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img