spot_img
spot_img
spot_img

३ सय ६० वर्षदेखि मानिसलाई सताइरहेको चिलाउने रोगको औषधिको अन्तिम परीक्षण पूरा

spot_img

काठमाण्डौ ।

झन्डै छ हप्तासम्म शरीर चिलाएर मानिसहरूलाई अत्यन्तै दुःख दिने चिलाउने रोगको औषधिको तेस्रो चरणको परीक्षण पूरा भएको छ । रोगबारे तीन सय ६० वर्षअघि नै थाहा भए पनि औषधि पत्ता नलागेकोमा अब औषधिले काम गर्ने आशा बढेको अमेरिकाको वाशिङ्टन विश्वविद्यालयका वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०१७ देखि नै औषधिको विकास गर्न लागेका डा. ब्रायन किमसहितको टोलीले गरेको अहिलेसम्मको परीक्षणबाट ६० प्रतिशत बिरामीलाई अ‍ैषधिले काम गरेको हो । चिलाउने रोगको मुख्य कारण मेरुदण्डमा रहेका कोषिका रहेको सन् २००७ मा वाशिङ्टन विश्वविद्यालयले नै गरेको अध्ययनले देखाएको थियो ।

अरूलाई नसर्ने र मेडिकल साइन्सले गम्भीर नमानेको चिलाउने रोग लागेपछि झन्डै छ हप्तासम्म मानिसलाई सताउँछ । शरीरमा गाँठाहरू पनि देखिने यो रोग लाग्दा कन्याइरहन मन लाग्छ । अरू गम्भीर रोग लागेर धेरै दुख्दा पनि १० जना बिरामीमध्ये छ जना निदाउन सक्छन् तर रोग लागेका मानिस निदाउनै सक्दैनन् ।

अमेरिकी नेशनल अर्गनाइजेशन अफ रेयर डिसअर्डर (एनओआरडी) को तथ्याङ्कअनुसार यो रोग विश्वमा प्रति एक लाख मानिसमा २२ देखि ७२ जनामा हुने गरेको छ । यो रोगले धेरैजसो ४० देखि ६९ वर्षका मानिसलाई सताउने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img