बुटवल ।
देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवदह आदर्श बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो।
साधारण सभामा प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष गुमान सिंह कुँवरले देवदह क्षेत्रीको विकासको सूचकमा देवदह खानेपानीले नयाँ आयाम थपेको दावी गरे । स्वस्छ र सुरक्षित खानेपानी घरघरमा पुर्याउन निरन्तर काम भैरहेको उल्लेख गर्दै अध्यक्ष कुंवरले पानीको मागलाई मध्यनजर गर्दै अल्पकालीन कार्य योजना अन्तरगत ५ वटा बोरिङ्गलाई पम्पिङ्ग गरि पुरानो पाइपलाइङ्को संजालमा पठाउने काम भएको बताए । जसले लगभग खानेपानीको संकट हल गरेको उनको दावी छ ।
अध्यक्ष क्षेत्रीले आम नेपालीको बानि आलोचना गर्ने र खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै कमिकमजोरी हुँदा आलोचना नभई सुझाव दिने परम्पराको विकास हुन जरुरी रहेको बताए।
सहलगानी मार्फत ६ वटा डिपबोर, ३ वटा ओभरहेड टंकी, एउटा ग्राउन्ड टंकी, ३ वटा प्रेसर फिल्टर, अफिस भवन, कम्पाउण्ड र पाइपलाइनको ८५ प्रतिशत कार्यसम्पन्न भएपनि आशातित उपलब्धि हुन नसकेको उनको भनाइ छ। अध्यक्ष कुँवरले साधारण सभामा एक वर्षमा संस्थाले गरेका १५ उपलब्धिलाई बुदागत रूपमा प्रस्तुत गरेका थिए।