काठमाण्डौ ।
भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । वकिल अली काशिफ खान देशमुखले पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ । सबैमाथि सर्वसाधारणलाई धोका दिएका अनि सर्भिकल क्यान्सरको नाममा घोखाघडी गरेको मामिलामा कारबाही गर्न भनिएको छ । अल इन्डिया सिने वर्कर्स एशोसियशनले पनि पाण्डे विरुद्ध एफआईआर गर्ने बताइएका छन् । क्यान्सरबारे जागरूकता फैलाउने नाममा आफ्नो प्रमोसन गर्नु स्वीकार्य नभएको एशोसियशनको भनाई छ ।
शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् । सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो । साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि यो घटना रहस्यमयी बन्यो।