spot_img
spot_img
spot_img

महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएपछि…

spot_img

काठमाण्डौ ।

कोलम्बियाका प्रहरीहरुले सोमबार वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेका छन् । महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिएका थिए ।

ग्रे मार्केट मा यस्तो भ्यागुता को मूल्य एउटैको १ हजार डलर छ । कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा फेला पारेका थिए । झोलाको सुरक्षा जाँचका क्रममा भ्यागुता फेला भेटिएका थिए । पानीको अभावले गर्दा भ्यागुताको अवस्था नाजुक भइसकेको थियो । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् ।

उनी पानामा हुँदै साओ पाउलो गइरहेकी थिइन् । महिलाका अनुसार यी भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएको हो । यी भ्यागुतालाई हार्लेक्विन फ्रग भनिन्छ । यिनीहरु पोइजन डार्ट फ्रग भनेर पनि चिनिन्छन् । यी भ्यागुताको आकार मानिसको औँलाभन्दा सानो हुन्छ ।

उनीहरुको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् । यो विषले साना जनावरहरू मर्न पनि सक्छन् । यी भ्यागुताहरू इक्वेडर र कोलम्बिया बिचको जंगलमा पाइन्छ । यो लोपोन्मुख जीवनमा पर्दछन् ।

एजेन्सी ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img