spot_img
spot_img
spot_img

बेलायतमा क्यान्सर विरुद्धको खोपको परीक्षण सुरु

spot_img

काठमाण्डौ ।

बेलायतमा क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको एउटा विश्वव्यापी परीक्षणमा सहभागी भएका छन् । यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप लगाउनेछन् । यो खोप अमेरिकी फर्मा कम्पनी मोडेर्नाले निर्माण गरेको हो ।

इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टमा मेलानोमा भएका एकजना ८१ वर्षीय पुरुषलाई एमआरएनए–४३५९ नाम गरेको यो खोप लगाइएको छ । यो परीक्षणमा खोपको सुरक्षा अनि मेलानोमा, फोक्सो क्यान्सर र अन्य ट्युमर क्यान्सरविरुद्ध खोप कत्तिको प्रभावकारी हुन्छ भनेर हेरिनेछ ।
यो खोपको लक्ष्य प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु र क्यान्सरका विरुद्ध लड्ने बनाउनु रहेको छ । शुरुवाती चरणमा परीक्षणको उद्देश्य क्यान्सरको उपचारमा अहिले प्रयोग भइरहेका औषधि प्रेम्ब्रोलाएजुम्याबसँग खोपलाई मिलाएर वा एक्लै प्रयोग गर्दाको सुरक्षा र एमआरएनए थेरापीको सहनताको मूल्याङ्कन गर्नु रहेको बताइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img