काठमाडौं ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । लामो समयदेखि प्रोटेस्ट क्यान्सरको उपचार गराईरहेका बुढाथोकी पछिल्लो समय निमोनिया, ब्लड प्रेसरको बिरामी समेत थिए । उनको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा विराटनगरस्थित नर्सिङ होममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??