काठमाण्डौ ।
चालु आर्थिक वर्षको सात महिनामा साइबर अपराधसम्बन्धी १३ हजार तीन ३३० निवेदन प्रहरीमा दर्ता भएको छ । साउनदेखि माघ २३ गतेसम्म सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ निवेदन दर्ता भएको छ भने सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार ९०५दर्ता भएका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना पक्राउ परेका छन ।
सात महिनामा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जरको दुरूपयोगका नौ हजार ३५०, भाइबरका १६, इमोका ६, युट्यबका ३९, ट्वीटरका ६, इन्स्ट्राग्रामका ४३२ र वेबसाइट ह्याकिङका ६ वटा छन् भने टिकटकका ६६७, इमेलका ८०, ई–सेवाका १९० र अन्य साइबर अपराधतर्फ ११८ वटा छन्।