रुपन्देही ।
रुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठन भएसँगै संस्थागत संरचना वस्तारको कार्यले तिब्रता पाएको छ ।
शुक्रबार पूर्व अध्यक्षहरुको भेलाले डम्बरदेव अर्यालको संयोजकत्वमा अध्यक्षीय परिषद् २०८०–२०८२ गठन गरेको हाे ।
संघका पूर्व अध्यक्ष प्रद्युम्नलाल श्रेष्ठको अध्यक्षता र वर्तमान अध्यक्ष दिलिप सापकोटाको संचालनमा सम्पन्न भएको भेलाबाट अध्यक्षीय परिषद् गठन गरिएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष दिलिप सापकोटाले संघले बदलिंदो वर्तमान परिस्थितिमा आप्mना गतिविधि र कार्यक्रमहरुलाई सोही अनुसार परिमार्जन गरेर अगाडी बढ्नु पर्ने बाध्यता रहेको बताउनु भएको थियो । वहाँले नयाँ कार्यसमितिले करीब ४ महिनामा गरेका महत्वपूर्ण कार्यक्रमहरुबारे जानकारी समेत गराउनु भएको थियो ।
गठित परिषद्को सदस्यहरुमा संघका संस्थापक अध्यक्ष रण बहादुर शाह, पूर्व अध्यक्षहरु पि.एल.श्रेष्ठ, वेनुराम प्रधान, श्याम बहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, तेजकुमार पाठक, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेल रहनु भएको छ भने सदस्य सचिवमा वर्तमान अध्यक्ष दिलिप सापकोटा रहनु भएको छ ।
नव गठित अध्यक्ष परिषद्का संयोजक डम्बरदेव अर्यालले संघको हरेक गतिविधि र समस्याहरुमा एक भएर परिषद अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले संघको उन्नतीका लागि बनाएका योजना र कार्यक्रमलाई सफल बनाउने दायित्व पुर्ब अध्यक्षहरुको पनि रहेको बताउनुहुँदै संघलाई सबैको साझा संस्था बनाउन सबैको भूमिका रहने बताउनुभयो ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, द्वितिय उपाध्यक्ष हरि बहादुर खत्री, महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, , सचिव सुमन बस्याल, सचिवालय सदस्य राजु घिमिरे र संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।